समाज परिवर्तन का लागी मेघा

🌹

रेडियो भनेको स्टेशनमा प्रयोग गरिएका आवश्यक बिधुतिय उपकरण द्वारा बिधुतिय तरंग मार्फत जनताको घरदैलोमा सजिलैसंग सुन्न सकिने एउटा संचारमाध्यमको विशेष साधनलाई नै रेडियो भनिन्छ । रेडियोको विकास भएको लगभग १०० बर्ष भन्दा बढी भैसकेको छ । अहिले रेडियोलाई सुन्न मात्रै नभएर स्टुडियोमा भैरहेका कार्यक्रम र समाचार बाचनलाई पनि भिडियो बनाएर देखाउने चलन आईसकेको छ जसमा फेसबुक लाईभ युटुभ लाईभ र स्टेसनमा क्यामरा जडान गरेर पनि दृश्य देखाउने माहोल आइरहेको छ । अब समय अनुसार नागरिकको पहुचसम्म पुग्न पनि देख्ने सुन्ने परिवर्तन एफ एम रेडियोले गर्नैपर्ने देखिईसकेको छ । पहिला हामीले रेडियो सुन्ने गर्थ्यौ भने अहिले देख्ने पनि गरेका छौँ  यो एउटा रेडियोको नयाँ युग हो भन्ने लाग्छ । त्यसैले रेडियो सुन्ने स्रोत मात्र नभै देख्न सकिने एउटा बिधुतिय साधन पनि हो भन्दा दुईमत हुदैन भन्ने लाग्छ । तसर्थ रेडियो अहिलेको जमानामा एक प्रकारको डिजिटल टेलिभिजन पनि हो ।

” समाज परिवर्तन का ला मेघा ” भन्ने मुल नाराका साथ मेघा एफ एम को स्थापना २०७० सालमा भएको हो २०७० सालदेखी आजका दिनसम्म आईपुग्दा मेघा एफ एमले धेरै नै कार्यक्रमहरु गर्दै आउँदा समाजमा एउटा छुट्टै किसिमको सामाजिक कार्य गरिसकिएको कुरा छर्लङ्ग नै छ । यस मेघा एफ एमलाई लोडसेडिङ मुक्त गराउन सोलार र ब्याट्री को राम्रो प्रवन्ध गरिएको छ हाल बिहान ५ बजेदेखि रातिको १० बजेसम्म रेडियो प्रसारण हुँदै आईरहेको जानकारी गराउदछौं । अवस्था मिलेको खण्डमा २४ सैं घण्टा पनि प्रसारण गर्ने योजनामा हामी तत्पर छौ । विगत १० बर्षदेखी पोखराको न्युरोडमा अवस्थित मेघा एफ एम बिबिध समस्याहरुलाई मध्यनजर गरेर हेर्दा र सबैपक्षलाई विशेषण गर्दा रेडियोप्रेमीहरुको सल्लाह बमोजिम अहिले मझेरीपाटन पोखरा – १४ अलौकिक कवि निवासमा मेघा एफ एम रहेको छ । अझ यताबाट पनि हामी झन् धेरै निकट रहने छौं । मेघा एफ एम को एउटा महत्वोपुर्ण अंश रेडियो जिङ्गल स्टेशन आइडी हो । जसमा नेपालको पहिलो रेडियो एल्बम मेघा हो । यसै एल्बमभित्र नेपाल कै पहिलो समाचार गीत , नेपालकै पहिलो टायमचेक गीत , नेपालकै पहिलो कौडा भाकामा रेडियो गीत , ब्रेक गीत लगायत अन्य रेडियो गीतहरु रहेका छन् यी गीत संगीतले पनि मेघा एफ एम को चिनारीमा फरक चर्चापरिचर्चा ल्याएको मेघा एफ एम सुन्नेजती सम्पुर्ण जनमानसमा जानकारी नै छ होला भन्ने हामीलाई लागेको छ ।

संसारमा सबैभन्दा बिशाल शक्ति भनेको अभिलाषा हो त्यसलाई हासिल गर्नको निम्ति लक्ष्यमा परिवर्तन गर्नुपर्छ र अथाह संघर्ष द्वारा मात्रै शिखरमा एकदिन अवस्य पुग्न सकिन्छ यदि परिश्रम र मेहनत गरिएन भने कल्पना गरेर मात्र बिजयी हुनलाई कठिन परिस्थिति बाहेक अरु केहि प्राप्त हुँदैन तसर्थ सपनाको ढोका खोल्न सपना नै देखेर समस्याहरुका पर्खालहरु भत्काएर आफ्नो जिन्दगीलाई बलिसत प्रेम गर्न सक्नुपर्छ अनि मात्रै सफलताहरु लालीगुराँस बनेर जिन्दगीका पहाडभरी लटरम्म फुल्नेछन् ।  यथार्थ कुरा व्यक्त गर्नी नै हो भने अहिलेको वर्तमान अवस्थामा रेडियोमा जति नै लगानी गरेपनी मनग्ये आर्थिक आयआर्जन गरेर आर्थिक पाटोबाट जीवनलाई सहज बनाउन सकिदैन भन्नुपरेमा त्यति सार्हो फरक नपर्ला , तर सबैभन्दा ठुलो कुरा के रहेछ भने , संचारसेवाको माध्यमबाट समाजसेवा गर्दा जत्तिको आनन्द अन्त कहिँ भेटिदैन , त्यसैले संचारसेवा नै नागरिकलाई सचेत गराएर बौद्धिक शिक्षा दिन सकिने एक प्रकारको महान संचारसेवा हो । यस सेवाबाट जीवनलाई समाजमा आफ्नो सीप अरुलाई बाड्न पाउदा ठूलो आत्मसन्तुष्टि मिल्ने गर्छ  ।

साँचोकुरा बोल्दा बास्तबमा रेडियोको मुख्य आम्दानी भनेको त्यही गाउँ शहरभित्र छरिएर बसेका संचारप्रेमी समाजको माया नै हो त्यहीसमाजभित्रका नागरिकको हौसलाले गर्दा नै आजसम्म संचार क्षेत्र र संचारकर्मीहरु मिडियामा लाग्न प्रेरित भएका छन् । जबसम्म संचार क्षेत्र बाँच्छ तबसम्म समाजभित्र सचेत हुन खोजेका नागरिकका सूचना सुन्न्ने र देख्ने हक अधिकार बाँच्छ । मान्छेले आफ्नो रुचि अनुसारको क्षेत्रमा लाग्न पाउनु त्यो उसको निजि अधिकार हो त्यसैले आफुलाई कुन्ठित बनाएर जिउनु हुदैन त्यसकारण संचारको क्षेत्रमा लाग्नेहरुका लागी पनि मेघा एफ एम ले उनीहरुको सपनाहरू केही हदसम्म भएपनी पूरा गर्ने कोसिस गर्दै आईरहेको छ । हाम्रो मेघा एफ एम बाट आजका दिनसम्म आईपुग्दा कयौं नानिबाबुहरुलाई कार्यक्रम मार्फत नाचगान , संगीत र पत्रकारीता क्षेत्रमा सक्षम बनाएर आत्मनिर्भर बनाउनको निम्ति रेडियोद्वारा तालिम दिएर सकेसम्म हामीले कलाको जगेर्ना गर्ने कार्य गर्दै जादा थोरै भएपनी समाजभित्रका केही रहर बोकेकाहरुलाई प्रेरणा दिने गर्दै आइरहेका छौं ।

मेघा एफ एम खोल्दादेखी अहिलेसम्मकै हिसाबलाई  नियालेर हेर्ने हो भने काहाली लाग्दो छ । यसमा हामीले लगानी गरेको खर्चको कथाब्यथा बताएर  साध्य नै छैन । तैपनि यसबाट उर्जा पाउने भनेको आफैले आफैभित्र भेट्टाउने एउटा गर्बिलो सम्मानिय  आत्मसम्मान मात्र हो यसैलाई महान उपलब्धि मान्दै आईरहेका छौँ । समाजको लागी जे जति गर्न सक्यौं त्यसमानै खुशी भएर अगाडि बढिरहेका छौँ र यश मेघा एफ एम लाई यहाँसम्म साथ दिने यसै  रेडियोका अध्यक्ष अग्रज शिक्षाविद् क्षेत्रबहादुर कुँवर र संरक्षक रामदेवी कुँवर प्रती मेघा एफ एम परिवार कृतज्ञता अर्पण गर्दछन् साथै आम नागरिकको माया त सदा महत्त्वपूर्ण छ । रेडियोको स्थापना देखी नै अहिलेसम्म साथ दिने मेघा एफ एम का सम्पुर्ण कार्यक्रम संचालक तथा संचालिका एवं आफ्नो आफ्नो पद अनुसारको जिम्मेवारी लिएर काम गर्ने सबैलाई हार्दिक धन्यवाद छ । अन्त्यमा रेडियोको तीब्र बिकासको लागि नेपाल सरकारले रेडियो सहज रुपमा जिवित रहन सक्ने बाताबरणको संरचना तयार गर्न सकोस् भन्दै नेपालमा रेडियोको अस्तित्व रहिन्जेलसम्म निरन्तर संचारसेवाको यात्रामा हामी अगाडि लम्किरहने छौँ । धन्यवाद !
जय संचार ! जय संसार !

अलौकिक कवि देशभक्त सिंह कुँवर
प्रवन्ध निर्देशक
मेघा एफ एम मझेरीपाटन पोखरा – १४ कास्की