अलौकिक कवि देशभक्त सिंह कुँवरलाई तीनवटा संस्थाद्वारा तीनवटा उपाधि सहित तीनवटा पुरस्कार
२०८० कार्तिक ३
अलौकिक कवि देशभक्त सिंह कुँवर पोखरामा ३ वटा संस्थाहरु कुँवर वीरखलक नेपाल , पिएच सोलुसन नेपाल र माछापुच्छ्रे नृत्य प्रशिक्षण केन्द्र तथा साँस्कृतिक परिवारद्वारा काव्य सम्राट उपाधी सहित सोलुसन साहित्य पुरस्कार र कविता सम्राट उपाधि सहित कुँवर वीरखलक साहित्य पुरस्कार र कवि सम्राट उपाधि सहित माछापुच्छ्रे साँस्कृतिक पुरस्कार सहित प्रत्येक संस्थाबाट रु, एकएक लाखको दरले ३ लाख नगद बाट सम्मानित भएका हुन् ।
उनले गएको भदौ ३१ मा पनि एमडी कल्चरल ग्रुप नेपाल द्वारा भावना सम्राट उपाधिबाट सम्मानित भएका थिए पोहोर सालमा मात्रै विभिन्न संस्थाहरु बाट साहित्य सम्राट , वाङ्मय सम्राट , संचार सम्राट , शब्द सम्राट , सृजना सम्राट , महासाहित्यकार उपाधि लगायत दर्जनौं अमुल्य उपाधिहरु सम्मानका साथ पाईसकेका छन् भने दर्जनौं संघसंस्थाहरुबाट अभिनन्दित पनि भैसकेका छन् । अघिल्लो महिना भदौ ३१ आइतबार भावना सम्राट उपाधि बाटपनि सम्मान पाएका थिए ।
यसपालि उनलाई पि एच सोलुसन नेपाल , माछापुच्छ्रे नृत्य प्रशिक्षण केन्द्र तथा साँस्कृतिक परिवार पोखरा र कुँवर वीरखलक नेपालको संयुक्त सहकार्यमा सम्मान गरिएको आयोजक परिवारले बताएका छन् ।
विगत चारदशक भन्दा बढी लामो समयदेखि कलाकारीता , साहित्य , संगीत , पत्रकारिता र संचार उधेमीको क्षेत्रबाट नेपाल राष्ट्रलाई उल्लेखनी योगदान गरेबापत र विशेषगरि थोरै बसाइमा पनि साहित्य र संगीतका सृजनाहरु प्रचुर मात्रामा सृजित गर्नसक्ने अदभूत कला भएका कारणले पनि उनलाई उक्त उपाधिले सम्मान गरिएको आयोजक संस्थाहरुले जानकारी दिएका छन् ।
अलौकिक कविले सयौं गीतमा आफ्नो आवाज भरीसकेका छ्न् भने दर्जनौं चर्चित गीतमा मोडलिङ्ग समेत गरेका छन् गएको बैशाख महिनामा उनको नेपाली साहित्यको ईतिहासमै पहिलो पुर्णिामा काव्य संग्रह मानवता लोकार्पण भएर बजारमा आईसकेको छ । उनको यो पन्ध्रौं कृति हो ।
अलौकिक कवि देशभक्तले एक घण्टा , डेढघण्टा , दुई घण्टा , एकरात , एकबिहान , एक पुर्वान्ह , एकमध्यान्ह , एकदिउँसो , एक अपरान्ह , एकसाँझ , एक बेलुकी लगायत विभिन्न समय अबधिका दर्जनौं कृतिहरु लेखिसकेका छन् उनको पछिल्लो केहि कृतिहरु बजारमा आउन लागेको अलौकिक कवि देशभक्त सिंह कुँवर प्रतिष्ठान नेपाल परिवारका साथै उक्त प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा . डा यमबहादुर पौडेल क्षेत्रीले जानकारी दिएका छन् ।
अलौकिक कवि देशभक्तका विचारमा मान – सम्मान आफैमा महान गौरवको बिषय भएकाले अझै आगामी दिनमा साहित्यका सृजनाहरु उत्कृष्ट ल्याउने प्रयासमा आफू रहेको र संमान गर्ने संघसंस्था र नागरिकहरुपर्ती आफू कृतज्ञ रहेको बताएका छ्न् प्राण रहुन्जेलसम्म साहित्य सृजनामा अनवरत रूपमा लागिरहने उनको भनाई रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि अग्रज शिक्षा विद् जोर्ज जोन् , वरिष्ठ फिजिसियन प्रा . डा बुद्धि बहादुर थापा र वरिष्ठ गायिका बाबा राणा रहेका थिए । स्वागत मन्तव्यतर्फ प्रा. डा यमबहादुर पौडेल क्षेत्रीले गरेका थिए । बिशिस्ट बक्तातर्फ अग्रज शिक्षाविद् क्षेत्रबहादुर कुँवर , कार्यक्रम संचालनतर्फ देबेन्द्र एस के शाही गरेका थिए कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक तथा कलाकार सुवास राई र समाजसेवी कृष्णबहादुर कुँवरले ब्यबस्थापनको भुमिका सम्हालेका थिए । कार्यक्रममा मेघा एफ एम पोखराका संरक्षक रामदेवी कुँवर, सँचारकर्मी सपना कुँवर , समाजसेवी बिश्वमोहन गौचन , प्रा. डा यमबहादुर पौडेल क्षेत्री ग्राफिक्स डिजाइनर दिपक सारु मगर लगायतलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रमको समापन पि एच सोलुसन नेपालका अध्यक्ष युवा ब्यवसायी म्याक गुरुङले गरेका थिए ।
